संघीय समाजवादी फोरमको विवाद उत्कर्षमा ।

संघीय समाजवादी फोरमको विवाद उत्कर्षमा ।

वीरगंज २०,माघ / संघीय समाजवादी फोरम नेपालभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । असन्तुष्ट समूहले संघीय नव विचार समूह बनाएर छबुँदे माग सम्बोधन गर्न नेतृत्वलाई दुई हप्ते अल्टिमेटम दिएको छ ।संघीय समाजवादी फोरम नेपालको असन्तुष्ट समूहमा रिजवान अन्सारी, वीरबहादुर लामा, विश्वदीप लिङ्देन, राजकुमार यादव उपेन्द्र साह लगायत छन् । उनीहरुले अन्सारीको नेतृत्वमा संघीय नव विचार समूह बनाएका छन् ।
संघीय समाजवादी र फोरम नेपालको एकीकरणका क्रममा विधानमा समानुपातिक समावेशी हटाएपछि संघीय समाजवादी फोरममा विवाद सुरु भएको थियो ।
असन्तुष्ट समूहले केन्द्रीय समितिमा राखेको फरक मतमाथि छलफल गर्न, समावेशी R.K .Yadavरुपमा कार्य्विभाजन गर्न, प्रधानमन्त्री निर्वाचनमा भाग लिएकोमा आत्मालोचना गर्न माग गरेका छन् । केन्द्रीय समितिले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा सम्बिधानसंग सम्बन्धीत मुद्धाको बिषयमा ३६ बूदामा असहमती जनाइएको छ । नवबिचार समुहले त्यसैलाई आधार बनाएर संशोधनले मात्रै हैना सम्बिधान पूर्नलेखन हुनु पर्ने माग गरेको छ । बर्तमान ब्यवस्थापिका संसद प्रतिक्रान्तिको साधन भएको पार्टीको दोस्रो केन्द्रीय समितिमा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । बिचार समुहले त्यसैलाई आधार बनाई जनताको अधिकार स्थापित गर्न आफ्ना सासंदलहरुलाई फिर्ता बोलाई आन्दोलनमा परिचालन गराउन माग गरेको छ । आन्दोलनमा नेतृत्वले सहि रुपमा ब्यवस्थापन र नेतृत्व दिन नसकेकोले बढी बलीदान कम उपलब्धी प्राप्त भएको ठहर गर्दै नव बिचार समुहले आन्दोलनरत सबै पक्षलाई समेटन समेत माग गरेको छ । बिचार समुहले आफनो तर्फबाट पार्टी पंक्ति भित्र छलपल शुरु गरेको छ ।
पार्टीलाई फूटबाट जोगाउनका निम्ति संस्थापन पक्षपनि कम्मर कसेर लागेको छ । पार्टीका महासचिव रणध्वज कनदङ्गवा आफना पार्टीका सदस्यहरुलाई रोक्ने जिम्मेवारी लिएर सोमवार पर्सा आएका छन । उनी र बिचर समुहमा सामेल केन्द्रीय सदस्य राजकुमार यादववीच लामो वार्ता भएपनि सहमती बन्न नसकेको स्रोतले जनायो । उता समुहका संयोजक रिजवान अन्सारीले भने आफ्ना मागहरु सम्बोधन नभए देशभर विचार समूह बनाएर छलफल गरेर राष्ट्रिय कार्यकर्ता भेला गरी आवश्यक कदम चाल्ने बताएका छन ।

body