तीन बर्षदेखि श्रीमतिले श्रीमालाई हथकडी लगाएर राख्न बाध्य

img9

ललन मंडल,बर्दिबास
TV 24 News Nepal
TV Today Janakpur 
अषाढ-१७ 
महोत्तरीको साविकको बिजलपुरा गाविस–१ जुडीकी ३१ बर्षीया भागकुमारी देवीले आफ्नो श्रीमान्लाई हथकडी लगाएर राख्न बाध्य हुनुभएको छ । भाग कुमारीकी श्रीमान् ३४ बर्षीय बलिराम सिंहलाई उहाँलेसाँढे तीन बर्षदेखि फलामे सिक्डीको हथकडी हातमा लगाएर पालन बाध्य हुनुभएको छ । 
हतकडि अरु कसैले होइन्न आफ्नै घरपरिवारले बलिरामलाई कुनै रहरले होइन, बाँध्य भएर लगाउनु परेको छ । झन्डै १२ बर्षदेखि मानसिक रोगबाट पीडित बलिरामले आफ्ना ६० बर्षीय वुवा खेहरु सिंहलाई लाठ्ठीले ठाउको फुटाई दिए । समुदायमा दानवीय व्यवहार देखाउन थालेपछि बलिरामको हातमा परिवारले हथकडी लगाई दिएका हुन् ।

बलिरामको कुटाईबाट उनका बुवा खेहररु गम्भीर घाइते हुनुभयो । साँढे तीन बर्ष अघि ११ लाखमा एक विघा खेत बेचेर उहाँकोे वुवाको उपचार गरियो । तर, पूर्ण रुपमा सञ्चो भएको छैन ।

बलिरामको शरीरमा माघको कठ्ंग्रिदै जाडो होस् या बैशाखको गर्मि उहाँको शरिरमा एउटा गन्जी बाहेक अरु लुगा हुदैंन । उहाँको शरीरमा गन्जी लगाउन समेत भाग कुमारीलाई समस्या नै हुन्छ । हातमा लगाइएको हथकडीले गर्दा बलिरामको शरीरमा गन्जीको माथिलो भाग च्यातेर काँधमा नखुस्किने गरि गाँठो पार्नु पर्छ ।

क्षणमै रिसाउने , कराउने , मान्छेहरुलाई देख्न नसक्ने , घरमाथि , मान्छेमाथि ढुंगा फ्याल्ने जस्ता कार्यबाट घर परिवारका सदस्यहरु आजित भइसकेका छन् । रात रात भर जहितहि हिड्ने लगायतका कार्यले घर परिवार मानसिक दवावमा छन् ।

बलिरामकै उपचारमा पनि झन्डै १० लाख खर्च भई सकिएको उहाँकी श्रीमति भागकुमारी देवी बताउनुहुन्छ । मानसिक रोगबाट पीडित सिंहले डाक्टरको सल्लाह बमोजिम औषधी खान मान्दैन, जसले गर्दा उहाँ पहिलेको अवस्थामा फर्किन नसकेको परिवारजनहरु बताउँछन् । अस्पतालमै चिकित्सककोे प्रत्यक्ष निगरानीमा औषधी खुवाए बलिरामको मानसिक अवस्था स्वस्थ्य हुन सक्छ । तर परिवारजनहरुले आर्थिक अभावमा महँगा अस्पतालमा बलिरामको उपचार गराउन सक्ने आँट छैन । परिवारजनले बलिरामको उपचार गराउन सहयोगी हात खोजि रहेका छन् ।

तीन छोरी र एक छोराका पिता रहेका बलिरामको घर परिवारमा पुरुष मान्छे अभिभावक नहुदाँ घरपरिवारकने व्यवहार धान्न भाग कुमारीलाई समस्यै समस्या छ । बलिरामले वुवालाई कुट्दा उपचारमा खर्चिका ३ लाख अझै कर्जा छ ।

कक्षा १० सम्म पढेका बलिराम अहिले मानसिक रोगबाट पीडित भएपछि घर न घाटका भएका छन् । भागकुमारी कुमारीले श्रीमान्, छोराछोरीलाई पालिरहेका छन् ।

 

body