मोर्चाद्वारा आन्दोलन घोषणा

img9

काठमाडौँ | सरकारले चुनावको मिति घोषणा गरेलगतै मधेशी मोर्चाले आन्दोलानको कार्यक्रम घोषणा गरेको छ | कार्यक्रममा मधेश बन्ददेखि सरकारको भण्डाफोर गर्नेसम्मको कार्यक्रमहरु राखिएको छ | मोर्चाले फाल्गुन १० गते मधेशका हाटबजार तथा सहरहरुमा मसाल जुलुस निकाल्ने, फाल्गुन ११ गते मधेश बन्द गर्ने तथा फाल्गुन १२ गतेदेखि १५ गते सम्म मधेशका हाटबजार तथा सहरहरुमा भण्डाफोर अभियान चलाउने कार्यक्रम तय गरेको छ | आज साझ सरकारले चुनावको मिति घोषणा गरेलगतै राखिएको मोर्चाको बैठकबाट आन्दोलनको उक्त कार्यक्रमहरु तय गरिएको हो |

body