अलौं माविका अध्यक्ष पटेलद्धारा विद्यार्थी तुरहालाई कुटपिट

वीरगंज ६ फागुन, श्री द्धारदेवी मावि अलौंका विद्यालय व्यवस्थापन समितिका अध्यक्षले विद्यार्थीलाई कुटपिट गर्दा विद्यार्थीहरु आन्दोलन गर्न बाध्य भएका छन् । विद्यालय परिसरमा कक्षा १० का विद्यार्थीहरुको लागि आयोजना गरेको बिदाई कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरेराम पटेलले कक्षा १० मा अध्ययनरत विद्यार्थी अर्जुन साह तुरहालाई कुटपिट गरेका छन् । विद्यार्थी तुरहा मोटरसाइकलमा चश्मा लगाई बिदाइ कार्यक्रममा आएको भन्दै अध्यक्ष पटेलले कुटपिट गरेको कक्षा १० का विद्यार्थीहरुले जनाएका छन् । कुटपिट पछि अध्यक्ष पटेलले पदको दुरुपयोग गर्दै प्रहरीलाई बोलाई विद्यार्थीहरुलाई पक्राउ गर्न भनेपछि विद्यार्थीहरुले आन्दोलनमा उत्रेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापक हरिशरण तिवारीले बिदाई कार्यक्रमको लागि ल्याएको फुल, मिठाई लगायतका समाग्रीहरु कक्षा कोठाबाट बाहिर निकाली ताल्चा लगाएका छन् । अध्यक्ष पटेलले आफ्नो घर परिवार तथा नातेदारलाई बोलाई विद्यार्थीहरुलाई कुटन लगाउने धम्की दिए पछि विद्यार्थीहरुले अध्यक्ष पटेलको राजीनामाको माग गर्दै र शान्ति सुरक्षाको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा निवेदन दिने समेत जनाएका छन् । सो विषयमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरेराम पटेलसंग सम्पर्क गर्दा विद्यार्थीले कार्यक्रम अघि असलिल गितहरु बजाएको र अमर्यादित कार्य गरेको भन्दै एक÷दुई झापड लगाएको स्विकार गरेका छन् । सो विषयमा विद्यालयका प्रधानाध्यापक हरिशरण तिवारी संग बुझदा आफु सो घटना स्थलमा नरहेको जनाउनु भएको छ ।

body