चैत २० - अभिनेत्री प्रत्युषाले गरिन् आत्महत्या

img9

चैत २० – भारतको चिर्चित टेलिभिजन श्रृँखला बालिका बधुमा आनन्दीको भूमिकामा अभिनय गरेकी अभिनेत्री प्रत्युषा बेनर्जीको निधन भएको छ । गोरेगाउँमा रहेको फ्ल्याटमा प्रत्युषाको मृत शरीर फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले प्रत्युषाको शरीर कोकिलाबेन अस्पताल लगेकोमा डाक्टरले उनलाई मृत घोषित गरेका थिए । प्रत्युषा २४ वर्षकी थिइन् । उनले आत्महत्या गरेको जनाइएको छ । उनको शरीर मुम्बइको गोरेगाउँमा रहेको फ्ल्याटको सिलिङमा झुण्डिएको अवस्थामा शव फेला परेको मुम्बइ प्रहरीको एक अधिकारीले बताएका छन् । तर सुसाइड नोट भने फेला नपरेको प्रहरीले जनाएको छ । आत्महत्याको कारण थाहा हुन सकेको छैन, तर प्रेमी राहुल राज सिंहसँगको सम्बन्धमा समस्या आएकाले उनले यस्तो कदम चालेको हुनसक्ने आशंका गरिएको छ । उनले पछिल्लो पटक ह्वाट्एपमा ‘मृत्युपछि पनि तिमीबाट मेरो मुहार टाढा रहने छैन ।’ भन्ने सन्देश पोस्ट गरेकी थिइन् । उनले बालिका बधु बाहेक अरु टेलिभिजन कार्यक्रममा पनि अभिनय गरेकी थिइन् । प्रत्युषा रियालिटी सो बिग बोसमा पनि सहभागी भएकी थिइन् ।  

body