२० चैत, बिरगंजमा आयोजित एक कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरि संघिय नवबिचार समूहमा बिभिन्न व्यक्तिहरु प्रवेश

img9

२० चैत, आज बिरगंजमा आयोजित एक कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरि संघिय नवबिचार समूहमा बिभिन्न व्यक्तिहरु प्रवेश गरेका छन् l 
बिभिन्न पार्टी भित्र देखिएको विकृती विसंगति संग उनीहरुको विचार न मिल्दा उनीहरु आफ्नो मूल पार्टी छोडेको बताएका छन् l यसरी आफ्नो पार्टी छोड्नेहरुमा भिष्म सिंह महामन्त्री रास्ट्रिय शिवसेना पार्टी त्यहि पार्टीका केन्द्रिय सदस्य शत्रुधन सिंह वरिष्ट उपाध्य्छ बारा का शम्भु प्रसाद , जिल्ला सदस्य मिश्रीलाल महतो , केन्द्रिय सदस्य बच्चु सिंह , नारायणी अंचल इन्चार्ज केश्व्नाथ शुक्ल , जिल्ला सदस्य रौतहट गुलाब राय यादव , छेत्रिउय सभापति राहुल शराफ , शिवसेना नेपाल को केन्द्रिय सदस्य उधो प्रसाद श्रीवास्तव , तराई मधेश लोकतान्त्रिक पार्टीका जिल्ला सदस्य सिकेन्द्र दास , स्ट्रिय शिवसेना पार्टी का शिश कुमारी देवी , युवा जिल्ला सदस्य राकेश दास , मुस्कान सेना पार्टी का केन्द्रिय सदस्य फौज मिया अन्सारी , र शिवसेना नेपाल का केन्द्रिय सदस्य नगिना शाह रहेका थिय l 
कार्यक्रम मा संघिय नवबिचार समूहमा नेता राजकुमार यादवले कमल थापालाई गणतन्त्र , लोकतन्त्र र संघीय बिरोधि को संज्ञा दिदै अब आम नेपाली जनता जो हिजो सम्म उत्पीडित र दमन मा परेका थिए अब अत्यचार न सहने बताएका थिए l उनले नया सालमा संघीय नव विचार समुहले पार्टीको रुपमा सबै तह र दबिय्को समुदायको आवाज र मांग लिएर आउने कुरा पनि बताएका थिए ल पार्टी प्रवेश कार्यक्रम सरिफ अहमदको सभापतित्व मा सम्पन्न भएको थियो l

body