नेपाली औषधि उद्योगका अभिभावक अमात्यको निधन (को हुन् अमात्य ?)

img9

वीरगन्ज २० माघ नेपाल फर्मास्युटिकल ल्यावरेटोरी (एनपिएल)का प्रबन्ध निर्देशक महेन्द्रबहादुर अमात्यको निधन भएको छ । अमात्यको मंगलबार राती साढे १० बजे ग्राण्डी अन्तराष्ट्रिय अस्पतालमा उपचारका क्रममा निधन भएको हो । ६५ बर्षिय अमात्यलाई ह्दयाघात भएपछि अस्पताल भर्ना गरिएको थियो । नेपालको औषधि उद्योगको विकासमा अमात्यको अतुलनीय योगदान रहेको छ । उनी नेपालको औषधि उद्योगका अभिभावक मानिन्छन् । उनी नेपाल औषधि उत्पादक संघ (एपोन)का पूर्व अध्यक्ष पनि हुन् । आधुनिक औषधी उत्पादनको क्षेत्रमा नेपाललाई आत्मनिर्भर बनाउन अमात्यको महत्वपूर्ण भुमिका रहेको छ । ३० वर्ष अघि ७ वटा औषधि उत्पादनबाट यात्रा सुरु गरेको एनपिएल नेपालको सफल र स्थापित उद्योगमा पर्छ  । अमात्यको नेतृत्वमा हाल एनपिएलले २ सय ५० भन्दा बढी औषधि उत्पादन गरिरहेको छ । नेपालमा नयाँ र जटिल प्रकारका औषधि उत्पादनको सुरुवात एनपिएलले गरेको हो । को हुन् अमात्य, कसरी लागे औषधी उद्योगमा ? महेन्द्रबहादुर अमात्यको २००७ साल माघमा भारतको डंकन अस्पतालमा आमा कम्लेश्वरीको कोखबाट जन्म भएको हो । नेपालमा औषधी उत्पादन सुरू गर्दा अमात्यले तीनवटा मिसन तय गरेका थिए । पहिलो आधुनिक औषधीमा नेपाललाई आत्मनिर्भर बनाउने, दोस्रो फर्मास्युटिकल्स प्रविधिको विकास गर्ने र तेस्रो नेपालको जडिबुटीलाई संरक्षण र आधुनिक औषधीमा परिणत गर्ने । उनको पारिवारिक वातावरण पुरै राजनीतिक थियो ।  पञ्चायति व्यावस्थाको बिरोध गर्ने क्रममा उनका माइला बुबा तेजबहादुर अमात्यको पञ्चायति सरकारले भारतको रक्सौलमा २०२२ सालमा गोली हानी हत्या गरेको थियो । बुबालाई पनि २०१७ सालमा तत्कालिन ब्यवस्थाले ६ बर्ष जेल हाल्यो । भीम शमशेरका पालामा धेरै काठमाडौवासी तराई झरे । ललितपुर कुपन्डोल पुख्र्याैली भएको उनको परिवार पनि सोही क्रममा बीरगञ्ज झर्यो । त्यतिबेला बीरगञ्जमा पढ्ने चलन भर्खरै सुरू भएको थियो । अमात्यले त्रिभुवन हनुमान हाइस्कूलबाट २०२४ सालमा दिएको एसएसली परीक्षामा बोर्ड छैठौ स्थान हासिल गर्न सफल भए । एसएलसीपछि उनले वीरगञ्जको माइस्थान स्कूलमा स्वयंसेवकीय रूपमा अध्यापन गरे । उनको भित्री इच्छा मानवीकि पढेर राजनीतिज्ञ बन्ने थियो । तर, सम्पन्न परिवारको राम्रो विद्यार्थी भएकोले विज्ञान पढाएर सायद डाक्टर इन्जिनियर बनाउने बाटो खोल्न चाहान्थ्यो । परिवारकै इच्छाअनुसार उनले ६ महिना त्रिचन्द्र कलेजमा विज्ञान पढे । तर, भित्री भावनालाई परिवारका दवावले रोक्न सकेन । उनले बीरगञ्जको ठाकुरराम कलेज पुगेर प्रविणता प्रमाणपत्र तहमा भर्ना भए । राजनीतिक सोच र रगत भएकोले होला, ठाकुरराम क्याम्पसमा उनले राजनीति थाले । पारिवारीक माहोल काग्रेस भएपनि उनीले भने कम्युनिष्ट राजनीति थाले । नेपालमा अखिल नेपाल विद्यार्थी संगठनको संस्थापक सदस्य नबनेपनि प्रारम्भिक विधान छाप्न उनी इन्डियासम्म पुगे । संयोग नै भन्नुपर्छ जीवनका धेरै वसन्त उनले राजनीतिमा बिताए तर कहिल्यै पदमा बसेनन् र राजनीति दलको सदस्यता लिएनन् । स्नातक पनि बीरगञ्जको ठाकुरराम क्याम्पसबाट सके । स्नातकोत्तर पढ्न उनी काठमाडौ छिरे । उनले समयलाई घन्टा, दिन र मिनेटमा बदले र क्षण पनि खेर नफालिकनै पढे । कीर्तिपुर क्याम्पसबाट उनले अर्थशास्त्रमा स्नातकोत्तर  प्रथम श्रेणीमा पास गरे । प्रथम श्रेणीमा पास भएपछि उनलाई कीर्तिपुर क्याम्पसमा नै सहायक प्राध्यापकको काम मिल्यो । १३ महिना उनले लगातार पढाए । तर, उनलाई त्यसले सन्तुष्टि दिएन् । त्यसको कारण क्याम्पसभित्रको राजनीति थियो । कीर्तिपुर क्यम्पसबाटै पिएचडीका लागि छानिएपनि पढ्न जान पाएनन् । र उनी बीरगञ्ज फर्किए । वीरगञ्ज फर्केर पनि उनले राजनीति नै गरे । पार्टीगत रूपमा नलागिकन उनले वामपन्थी राजनीतिको क्रममा पुष्पलाल, तुल्सीलाल, निर्मल लामा मनमोहन अधिकारीसँग राजनीतिक संगत गरे । सबैभन्दा बढी उनको संक्रियता २०३६ सालको जनमत संग्रहमा भयो । तर, यस विषयमा वामपन्थीहरूकै मत बाझियो । कसैले धोका भने, कसैले वहिष्कार भने । राजनीति छाडेर उनले बुबाको ठेकेदारीलाई सघाए । उनका बुबा त्यतिबेलाको बि श्रेणीको ठेकेदार थिए । २०३७ सालमा उनले पहिलोपटक औषधी सम्बन्धी काम थाले । मध्यमाञ्चल औषधी डिष्ट्रिब्युटर्स नामको औषधिको थोक पसल खोले । सो पछि उनलाई औषधि सम्बन्धी कामले तान्दै लग्यो । उनले २०४२ साल जेठ २७ मा नेपाल फर्मास्युटिकल्स ल्याबरेटोरिज (एनपिएल) को दर्ता गरे । दर्ता प्रक्रिया यति झन्झटिलो थियो की यसका लागि झण्डै तीन वर्ष मेहनत गर्नुप¥यो । त्यतिबेला १८ लाख नगद र २८ लाख नेपाल औद्योगिक विकास निगम (एनआइडिसी) ऋण लिएर एनपिएल स्थापना गरे । जसका आठ सेयर सदस्य थिए । एनपिएलले सुरूमा ६ थरीका औषधी उत्पादन गथ्र्यो । तिस वर्ष अगाडीको यो कम्पनीले अहिले दुईसय भन्दा बढी प्रकारका औषधीे उत्पादन गर्छ र जुन देशकै प्रतिष्ठित औषधी कम्पनीको रूपमा चिनिन्छ । अहिले यो संस्थाले ८ सयभन्दा बढीलाई रोजगारी दिएको छ भने, नेपालमा नै पहिलोपटक जटिल रोगका लागि आवश्यक औषधी उत्पादनमा ख्याती नै कमाएको छ । एनपिएलका प्रत्येक उत्पादनसँग नेपालमा पहिलोपटक उत्पादन सुरू भएको गौरव र इतिहास छ ।

body