प्रधानमन्त्री र वेलायती राजकुमार ह्यारीबिच भेटवार्ता l

काठमाडौं, चैत ६ – पाँच दिने औपचारिक भ्रमणको क्रममा नेपाल आएका बेलायती राजकुमार ह्यारी र प्रधानमन्त्री केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ । 

प्रधानमन्त्री निवास वालुवाटारमा भएको भेटवार्तामा दुई सय वर्षसम्म नेपाल र वेलायतबिच चलेको सुमधर सम्बन्धका बारेमा छफफल भएको छ । भेटमा प्रधानमन्त्री ओलीले वेलायतले नेपालको विकासमा गरेका सहयोगको प्रसंसा गर्नुभएको र भौगोलिक रुपमा टाढा हुँदाहुँदै पनि भूकम्पका बेला बेलायत गरको मानवीय सहयोगप्रति धन्यवाद दिनुभएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । 

 

जवाफमा राजकुमार ह्यारीले पनि नेपालमा गोर्खा सैनिकमार्फत वेलायतलाई सहयोग गरेको  भन्दै नेपाललाई धन्यबाद दिनुभयो । झण्डै २० मिनेट चलेको भेटवार्तामा नेपालको प्राकृतिक सौन्र्दयता र वन्यजन्तुको प्रबद्र्धनका लागी वेलायतले सधँै सहयोग गर्नेपनि राजकुमार ह्यारीले बताउनुभयो ।  

body