जिल्ला बिकास समिति पर्साले आर्थिक वर्ष ०७३÷०७४ कोलागि ३ अर्व ३२ करोड ६३ लाख ४४ हजार रुपैयाको बजेट सार्वजनीक l

वीरगंज, ३० फागुन ÷ जिल्ला बिकास समिति पर्साले आर्थिक वर्ष ०७३÷०७४ कोलागि ३ अर्व ३२ करोड ६३ लाख ४४ हजार रुपैयाको बजेट सार्वजनीकरण गरेको छ । जिल्ला परिषदबाट पारित भएको बजेट आइतवार एक कार्यक्रमको आयोजना गरि सार्वजनीक गरेको हो ।

11696743_1331084386908855_1057999363_n
परिषदबाट पारित बजेट मध्य जिल्ला बिकास समिति र जिल्ला प्राविधिक कार्यालयबाट निकासा हुने रकम भने ९८ करोड ८१ लाख रुपैया रहेको छ । आर्थिक वर्ष ०७३÷०७४ को लागि जिल्ला बिकास समिति पर्साको आन्तरिक बजेट भने ८ करोड ६६ लाख अनुमान गरिएको छ । आन्तरिक स्रोत तर्फ ३ करोड ७९ लाख परिचालन गर्ने लक्ष्य लिएको छ । यो गत वर्षको यर्थाथ आय भन्दा ६० प्रतिशत ज्यादा रहेको छ । बजेटमा ६ करोड १६ लाख पूजीगत र चालु ब्यय तर्फ २ करोड ५० लाख बिनियोजन गरिएको स्थानीय बिकास अधिकारी अर्यालले जनाए ।
परिषदद्वारा पारित नीति तथा कार्यक्रम अन्र्तगत पूर्वाधार बिकासमा १ अर्व १० करोड,कृषि बन र वतावरण तर्फ १३ करोड ७० लाख,जनसंख्या तथा सामाजिक समिति तर्फ १ अर्व ९८ करोड बिनियोजन गरिएको पर्साका स्थानीय बिकास अधिकारी बिश्वप्रकाश अर्यालले बताए । सामाजिक समिति तर्फ बिनियोजीत रकममा २३ प्रतिशत हिस्सेदारी गैर सरकारी क्षेत्रको रहेको छ । जलश्रोत भूमि समिति तर्फ १० करोड ७२ लाख रुपैया बिनियोजन गरिएको छ ।
त्यसैगरि शिक्षा तर्फ १ अर्व ३० करोड,स्वास्थ्य १७ करोड ७२ लाख,खाने पानी तथा सरसफाई तर्फ ६ करोड ३८ लाख,सिचाई तर्फ १० करोड ७२ लाख,महिला बिकासकालागि २ करोड ६४ हजार ,कृषि तथा पशुबिकासको क्षेत्रमा ८ करोड ६ लाख ,बन क्षेत्रको बिकास बिस्तार र संरक्षणकालागि १ करोड २८ लाख ,जिल्ला पर्यटकीय क्षेत्रको बिकास र प्रर्वद्धनकालागि ७४ लाख, लक्षीत वर्ग बिकासकालागि ४ करोड ६८ लाख र यस मध्य महिलाकालागि ४५ लाख ,वालवालिकाकोलागि ६८ लाख बिपन्न वर्गको बिकासकोलागि ६८ लाख, भौतीक पूर्वाधार बिकासकालागि १ करोड ६९ लाख प्रर्वद्धनात्मक कार्यक्रमकालागि १ करोड ९ लाख बजेट प्रस्ताव गरिएको छ ।

12834609_1331084390242188_1027886171_n
जिल्ला परिषदद्वारा पारिज बजेटको सार्वजनीककरण समारोहमा उधोग राज्यमंत्री मेघराज निषाद,सभासदहरु सुरेन्द्र चौधरी,नागेन्द्र चौधरी,रामचन्द्र साह,बिचारी यादव,जयप्रकाश थारु, लालबाबु राउत ,फूलझरी देवी निमित्त प्रमुख जिल्ला अधिकारी अनुज भण्डारी ,नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रममा सुरक्षा निकायका प्रमुखहरुभने बैठक आइप¥यो भन्दै कार्यक्रम स्थलबाट छिट्टै बाहिरिएका थिए । कार्यक्रम संचालकले प्रोटोकोल मिलाउन ध्यान नदिएका कारण अप्ठयारो मानेर सुरक्षा अंगका चारै निकायका प्रमुखहरु कार्यक्रम छोडेर हिडेको स्रोतले दावी गरेको छ ।

 

body