बेहुली उनै बेहुला फेरिए दाइजोविना विवाह सम्पन्न l

वीरगंज, ३० फागुन ÷ बेहुलीका बुवाले दाइजोमा औंठी नदिँदा रोकिएको बिवाह आइतवार भएको छ । बेहुली उही भएपनि बेहुला भने फरक हुन । २७ गते बिहिवार बेहुलीको सिउँदोमा सिन्दुर हाल्दै गर्दा बेहुली पक्षले औठी नदिएको भन्दै केटा बाबुले औठी बिना विवाह नहुने अडान लिएपछि बिहे भाँडिएको थियो ।

12834664_1331135940237033_616991998_n
बिवाह नभएपछि बीरगंजमा रहेको वरनवाल समाज र अन्य सामाजिक ब्यक्तिहरुको प्रयासमा आइतवार दाइजो रहित विवाह भएको हो । भारत बिहार पश्चिम चम्पारणको बेतियाकी २१ वर्षीया युवतीलाई दाइजो बिना बीरगंज उपमहानगरपालिकाका वडा नं १३ रानीघाटका २८ वर्षिय जटाशंकर बरनवालसंग माइस्थानको अतिथि सदनमा बिधिपूर्वक विवाह भएको हो । वीरगन्ज उपमहानगरकालिका–१८ लक्ष्मणवाका २२ वर्षीय अनुप बर्णवाल वीरगन्जको आदर्शनगरस्थित महावीर धर्मशालामा बिहीबार राति बेहुलीको सिउँदोमा सिन्दुर हाल्न अघि बढेका के थिए उनका बुवा अंकुर बर्णवालले बेहुलालाई रोकेर दाइजोमा कबुलै नगरिएको सुनको औंठी बेहुलीका बुवासँग मागे । बेहुलीका बुवाले सुनारले बनाउन नभ्याएकाले औंठी पछि दिने भन्दै बेहुलाका पक्षसँग हात जोडे तर उनको केही लागेन । त्यसपछि बेहुलाका बुवा अंकुरले औंठी नपाए छोराको बिहे नगर्ने धम्की दिए । त्यसमै विवाद भइ विवाह मण्डपमै दुई पक्षबीच कुटाकुट हुँदा बिहे भाँडिएको थियो । बिहेको मण्डपमा झडपको खबर पाएपछि राती नै पुगेको प्रहरीले बेहुला अनुप र उनका बुबा अंकुरलाई नियन्त्रणमा लिएको थियो । आइतवार उनीहरु प्रहरीको हिरासतबाट मुक्त भएका छन । बरनवाल सेवा समाजले उनीहरुलाई आफ्ने जिम्मा लिएको हो । समाजले बाबु छोरालाई सामाजिक कारवाही गर्ने भएको छ । बिवाहमा औठी नदिएका कारण बिवाह भाडिएपछि बरनवाल समाजले केटी पक्षलाई केटा पक्षबाट ६ लाख ४० हजार रुपैया क्षतीपूर्ती तिराएको छ । दाइजोमा बेहुलाका बुवालाई नगद दुई लाख ४० हजार रुपैयाँ छेकामै दिइसकेका थिए । नगदसँगै बेहुलालाई सुनको सिक्री र औंठी पनि पहिले नै दिइसकेको बेहुलीका बुवाले बताए ।

body