नेताका कारण आन्दोलन असफल

वीरगन्ज, लोकतानित्रक मधेशी मोर्चँको नेतृत्वको असफलताका कारण मधेश आन्दोलनले उपलब्धी पाउन नसकेको एक कार्यक्रमका वक्ताहरुले आरोप लगाएका छन । उनहिरुले आन्दोलनमा जनताको अथाह सभागिता रहेको र सरकारी दमनको प्रतिरोध भएपनि आन्दोलन भित्रबाटै २ नम्बरको धन्दा गर्नेहरुका कारण आन्दोलन कमजोर भएको बताए । नव बिचार समुहले बुधवार बीरगंजमा आयोजना गरेको मधेश आन्दोलन सम्बन्धी अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले यस्तो अरोप लगाएका हुन । आन्दोलन भित्रको घुसपैठीया र तस्करी नियन्त्रणकालागि दखलअन्दाजी नगरिएका कारण पनि आन्दोलन सशक्त हुन नसकेको उनीहरुको टिप्पणी छ ।
आन्दोलनको नेतृत्व गरेको दावी गर्ने लोकतान्त्रिक मधेशी मोर्चाले सम्बिधान हाम्रो हैन त्यसलाई जलाउन पर्छ भन्दै त्यही सम्बिधान अन्र्तगत प्रधानमंत्रीको चुनावमा भोट हाल्न जानुले पनि आन्दोलनको नैतीक बल कमजोर भएको उनीहरुको भनाई छ । भेलामा आफ्ना बिचार राख्दै संघीय नव बिचार समुहका नेता राजकुमार यादवले भने “ मधेशी मोर्चाले ११ बूदे प्रस्ताव लिएर वार्ता ग¥यो संघीय समावेशी फोरम नेपालले ३६ बूदामा असहमती रहेको राजनीतिक प्रतिवेदन पास ग¥यो जव यती थोरै बिषयमा असहमती हो भने पुरै सम्बिधान जलाउनको के अर्थ रह्यो भन्दै प्रतिप्रश्न गरे । उनले मधेशी मोर्चाले योजनावद्ध आन्दोलन गरेको नभई मधेशमा पछाडि पर्छुकी भनेर हचुवामा आमहड्ताल र नाकाबन्दी जस्ता कार्यक्रम गरेको बताए । उनले आन्दोलनमा मारिनेहरु त शहीद भए नै तर आन्दोलनका कारण आर्थिक अवस्था कमजोर भएकाहरुपनि शहीद भएको टिप्पणी गरे । आन्दोलनका नेताले शहीदपरिवारको आ“सु पुछ्न कुनै काम नगरेको भन्दै नेतृत्वको आलोचना गरेका थिए । तराई मधेश सदभावना पार्टीका नेता एवं पूर्व शिक्षामंत्री रामचन्द्र कुशवाहाले वार्ता गर्नेहरु असफल भएपछि आन्दोलन असफलसिद्ध भएको बताए । उनले वार्ता गर्नेहरुलाई सरकारले जती हेपे पनि उनीहरुवार्ता भन्दै दगुरेको प्रति असहमती प्रकट गरे । समुहका संयोजक रिजवान अन्सारीले पार्टी भित्र आन्तरिक प्रजातन्त्र नभएकोले समुह बनाउनु परेको बताए । पार्टी भित्र नेताहरुको हैकमवादी प्रवृतिका बिरुद्ध आफूहरुले बिद्रोह गरेको बताए । उनले समावेशी नामको पार्टी आफैमा असमावेशी भएको बताए । उनले पार्टी भित्रै समावेशीकरणको आवाज उठाउदा पार्टीबाट बाहिरिनु परेको चर्चा गर्दै उनले मधेशी जनजाती आदीवासी मुस्लिमको हितमा सही रुपमा काम गर्ने बताए । कार्यक्रममा नव बिचार समुहका नेता बीर बहादुर लामा,पत्रकार के.सी.लामिछाने,ध्रुब अधिकारी,आर.सी .यादव नथुनी प्रसाद कुशवाहा ,समुहका केन्द्रीय सदस्य रामेश्वर यादव ,शिक्षक बुद्धिजीवी परमानन्द प्रसाद कुर्मी,शिव सेनाका केन्द्रीय सदस्य शत्रुघ्न सिंह समुहका बारा संयोजक लक्ष्मीनारायण साह,फोरम गण्तान्त्रित्रकका महासचिव म.कदम रसुल सिएमए संघका सोनालाल चौरसिया लगायतले मन्तब्य ब्यक्त गरेका थिए । शरीफ अहमदको अध्यक्षतामा भएको कार्यक्रमको संचालन उमेशलाल सहनीले गरेका थिए ।

body