पहिचानवादी गठबन्धनको विस्तार हुने

काठमाडौं, १७ फागुन । पहिचान र संघीयता पक्षधरको गठबन्धनले पहिचानका पक्षधर अन्य दलबीच पनि कार्यगत एकता गर्ने भएको छ । गठबन्धनको आइतबार बसेको बैठकले पहिचान पक्षधर दलहरुलाई थप गरेर गठबन्धन विस्तार गर्ने निर्णय गरेको हो । पहिचानवादी गठबन्धनमा सहभागी संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले भन्नुभयो– अब बन्ने गठबन्धनमा एमाओवादी र विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक बाहेक सबैलाई समेटिने छ । गठबन्धनमा थप चार पार्टी राष्ट्रिय मधेस समाजवादी पार्टी, नेपाल सद्भावना पार्टी, फोरम गणतान्त्रिक र लोक दल थपिएका छन् । गठबन्धनमा पहिला नौ वटा पार्टी थिए । बैठकले मधेसी, आदिवासी जनजाति, थारु लगायतसँग मिलेर संयुक्त रुपमा देशव्यापी आन्दोलन गर्ने निर्णय पनि गरेको छ ।

body