प्रमुख दल र मधेसी मोर्चाबीच छलफलको तयारी

वीरगन्ज २ फागुन प्रधानमन्त्रीको भारत भ्रमणअघि नै सीमांकनको विषयमा जारी बिबाद समाधान गर्न दलहरु आन्तरिक छलफलमा जुटेका छन् । सत्ताधारी तथा विपक्षी दल र मोर्चाको बैठक बस्ने तयारी भएपछि दलहरु आआफ्नो पार्टीभित्रको छलफलमा सक्रिय भएका हुन् । आज बेलुका सम्म कार्यदल तहमा छलफल गर्ने तयारी दलहरुको छ । छलफलको समय भने तय भइसकेको छैन । कार्यदलका सदस्य कांग्रेस नेता महेश आचार्यले पहिलो चरणमा कार्यदल तहमा र दोस्रो तहमा शीर्ष तहमा छलफल गर्ने तयारी भएको बताउनुभयो । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले प्रमुख दलले बोलाए लगत्तै आफूहरु वार्तामा बस्न तयार रहेको बताउनुभयो । अध्यक्ष राजेन्द्र महतोले मोर्चाको आन्दोलन रोकिएको समय उपयोग गर्न सरकारलाई आग्रह पनि उहाँले गर्नुभयो ।  

body