सधैंका लागि प्रधानमन्त्री नभएको र प्रधानमन्त्री पद छाड्न हतारो पनि नभएको भन्दै प्रधानमन्त्री ओली

काठमाडौं, माघ २२ । प्रधानमन्त्री केपी ओलीले आफ्नो कामप्रति प्रश्न उठाउन नदिनेगरी काम गर्ने दाबी गरेका छन् ।

प्रेस चौतारी नेपालको १८औं स्थापना दिवसको अवसरमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा उनले आफूले अघि सारेका योजनाहरु सफल बनाएरै छाड्ने बताए ।

सधैंका लागि प्रधानमन्त्री नभएको र प्रधानमन्त्री पद छाड्न हतारो पनि नभएको भन्दैप्रधानमन्त्री ओलीले पदबाट बाहिरिँदा आफ्नो कार्यकालप्रति कसैले प्रश्न उठाउन नसक्ने दाबी गरे ।

सरकारका अप्ठेराहरु क्रमशः घट्दै गएको भन्दै प्रधानमन्त्री ओलीले आफू निकट भविश्यमा भारत र चीनको भ्रमणमा जाने पनि जानकारी दिए ।

कार्यक्रममा एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले सन्चारमाध्यमहरुले फुटाउनेभन्दा पनि जुटाउने काम गर्नुपर्ने बताए ।

यस्तै, नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र बिष्टले पत्रकारहरुको पारिश्रमिकमा समस्या रहेको भन्दै त्यसलाई सरकारले समाधान गर्नुपर्ने बताए । -

body