मधेसका माँगहरु सरकारले सम्बोधन संगै लिखित कार्यन्वयन नगरे सम्म आन्दोलन नरोकिने

वीरगन्ज २० माघ तराई मधेस लोकतान्त्रिक पार्टीका राष्ट्रिय अध्यक्ष महन्थ ठाकुरले मधेसका माँगहरु सरकारले सम्बोधन संगै लिखित कार्यन्वयन नगरे सम्म आन्दोलन नरोकिने बताउनु भयो । मधेसी पत्रकार समाज पर्साले होटल मकालुमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै ठाकुरले संयुक्त लोकतान्त्रिक मोर्चाको अगामी बैठकबाट नाकाबन्दी संगैै नयाँ कार्यक्रमहरु सार्वजनिक गरिने बताउदै सरकार र प्रमुख दलहरुले सीमांकन बारे स्पष्ट धारणा नल्याए सम्म नाकाबन्दी जारी रहने बताएका थिए । पत्रकार सम्मेलनमा तमलोपाका केन्द्रिय उपाध्यक्ष बृखेशचन्द्र लाल,महामन्त्री एवं पुर्व सभासद जितेन्द्र सोनल, संसदिय दलका उपनेता सभासद वृजेश गुप्ता,सभासदद्वव कमलेश्वर पुरी र रमेश कुर्मी ,केन्द्रिय सदस्यहरु पुरुषोत्तम झा, जितेन्द्र सिंह,नवलकिसोर सिंह, जनारधन यादव, श्याम गुप्ता लगायतको सहभागिता रहेको थियो । सो सम्मेलनलाई मधेसी पत्रकार समाज पर्साका अध्यक्ष संतोष पटेलले सहजीकरण गरेका थिए ।

body