इरफानले अस्विकार गरे स्पिलवर्गको फिल्म

 बलिउड अभिनेता इरफान खानले हलिउडका चर्चित निर्देशक स्टिवन स्पिलवर्गको नयाँ फिल्ममा अभिनय गर्न अस्विकार गरेका छन् । सिन्डलर्स लिस्टदेखि जुरासिक पार्कसम्मका चर्चित फिल्मका निर्देशक स्पिलवर्गलाई हलिउडका सबैभन्दा सफल निर्देशक मानिन्छ ।
 
बलिउडका आर्ट फिल्महरुबाट नाम कमाएका इरफान पछिल्लो समय हलिउड फिल्ममा पनि देखिन्छन् । अमेजिङ स्पाइडरम्यानदेखि लाइफ अफ पाई र स्लमडग मिलेनियरजस्ता चर्चित फिल्ममा उनले अभिनय गरेका छन् । स्पिलवर्गले स्कारलेट जोन्सनलाई मुख्य भूमिकामा लिएर बनाउन लागेको फिल्ममा इरफानलाई एउटा भूमिका अफर गरिएको थियो ।
 
‘मलाई यो भूमिका मन परेन, त्यसैले अस्विकार गरें,’ इरफानले भनेका छन्, ‘यो भूमिकामा मेरो लागि आफ्नो क्षमता देखाउने अवसर थिएन ।’ इरफानले यसअघि पनि सुजित सरकारको फिल्म ‘पिकु’लाई समय दिएको भन्दै हलिउडको फिल्म ‘दि मार्सियन’मा दिइएको भूमिका छोडेका थिए ।

body