वीरगन्ज नाका पनि खोल्नुपर्नेद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो

माघ २१, २०७२- सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले तत्काल वीरगन्ज नाका पनि खोल्नुपर्ने बताएका छन् । मोर्चाका नेताहरू महन्थ ठाकुर र उपेन्द्र यादवले नाकाबन्दी जारी रहने बताइरहेका बेला सद्भावना अध्यक्ष महतोले वीरगन्ज नाका पनि खोल्नुपर्ने बताएका हुन । 
 
मधेसी मोर्चाले नाकाबन्दी सुरु गर्दा महतो वीरगन्जमा नाका अवरुद्ध  गर्न लामो समयसम्म उक्त नाकामा धर्नामा सहभागी भएका थिए ।
 
उनले सबै नाका खुल्ला र सहज भइसकेको अवस्थामा वीरगन्ज नाका मात्र बन्द गर्न नहुने विषयमा मोर्चाका अन्य नेतासँग आफूले कुराकानी गरेको जानकारी दिए । 
 
‘अरु सबै नाका खुल्ला रहेको र वीरगन्ज नाका मात्रै बन्द हुँदा तस्करी मौलाएको, स्थानिय जनताले दुख पाएको तथा तस्करीको सामान काठमाडौंसम्म पुग्ने गरेका कारण काठमाडौंमाथी दबाब बन्न नसकेकोले या त सबै नाका बन्द गर्नुपर्छ, नभए वीरगन्ज पनि खोल्नुपर्छ भन्ने मेरो धारणा हो,’ महतोले भने ।
 
उनले नाका केन्द्रित आन्दोलन नै गर्ने भए काठमाडांै छोडेर मोर्चाका सबै नेता नाकामा आएर बस्नुपर्ने भन्दै सबै नाका ठप्प पारे मात्र वीरगन्ज पनि बन्द गर्नुपर्ने बताए । ‘विरगञ्ज मात्र बन्द गरेर स्थानिय जनताले मात्रै दुख पायो,’ महतोले भने,  ‘नाकाबन्दीे त राज्यलाई दबाब दिन सुरु गरिएको हो नि जनतालाई दुख किन पुर्‍याउनु ?’ तस्करी मौलाएकाले राज्यमाथी नाकाबन्दीको दबाब नपुगेको बरु जनता नै पीडित हुन थालेको उनले बताए ।
 
यसैबीच बायाँ आँखामा गम्भिर समस्या देखिएका महतोले बिहिबार बिहान विराटनगर स्थित विराटनगर आँखा अस्पतालमा पुन आँखाको जाँच गराएका छन् । उनी आँखाको थप उपचार र मोर्चाको बैठकमा सहभागी हुन शुक्रबार दिउँसो विराटनगरबाट काठमाडौं जाने बताइएको छ । 

body