अस्ट्रेलिया न्युजिल्याण्डसँग १५९ रनले पराजित

माघ २० – न्युजिल्याण्डसँगको तीन एक दिवसीय क्रिकेट श्रृँखलाको पहिलो खेलमा अस्ट्रेलिया पराजित भएको छ । अक्ल्याण्डमा भएको खेलमा घरेलु टोली न्युजिल्याण्डले अस्ट्रेलियालाई एक सय ५९ रनले पराजित गरेको छ । तीन सय ८ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले २४ दशमलव २ ओभरमा अल आउट हुँदै एक सय ४८ रन मात्रै बनायो । अस्ट्रेलियाका म्याथ्यु वाडेले ३७ तथा जेम्स फल्कनरले ३६ रन बनाउनु बाहेक अरुले राम्रो प्रदर्शन गर्न सकेनन् । न्युजिल्याण्डका ट्रेन बोल्ट र म्याट हेनरीले तीन तीन तथा मिचेर शन्टनरले दुई विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले ८ विकेट गुमाएर तीन सय ७ रन बनायो ।न्युजिल्याण्डका मार्टिन गुप्टिलले ९०, हेनरी निकोल्सले ६१, ब्रेन्डम म्याकुलमले ४४ तथा मिचेल सन्टनरले नटआउट ३५ रन बनाए । तीन एक दिवसीयको श्रृँखलामा न्युजिल्याण्डले १–० को अग्रता लिएको छ । 

– एजेन्सीको सहयोगमा

body