काबुलको प्रहरी मुख्यालयमा आत्मघाती बम विस्फोट

माघ १९ – अफगानिस्तानको राजधानी काबुलमा रहेको प्रहरी मुख्यालयमा आत्मघाती बम विस्फोट हुँदा २० जनाको ज्यान गएको छ । काबुलको पश्चिमी क्षेत्रमा रहेको प्रहरी मुख्यालयमा भएको विस्फोटमा परि अन्य २९ जना घाइते भएको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ । विस्फोटमा परि ज्यान गुमाउनेमा अधिकांश प्रहरी अधिकारी रहेको जनाइएको छ । तर केहीले भने ज्यान जानेमा धेरै सर्वसाधारण नागरिक रहेको बताएका छन् ।

तालिबान बिद्रोहीले आक्रमणको जिम्मेवारी लिएको छ । तालिबान विरुद्धको कारवाहीमा संलग्न हुँदै आएको नेशनल सिभिल अडर प्रहरीको मुख्यालयको प्रवेशद्वारमा विस्फोट भएको हो ।

सरकारी अधिकारीले सुरुमा आत्मघाती कार बम विस्फोट भएको भनेका थिए । तरपछि आक्रमणकारी मुख्यालय प्रवेशका लागि सर्वसाधारण नागरिकको लाइनमा बसेर आफैलाई विस्फोट गराएको बताएका छन् । 

– एजेन्सीको सहयोगमा

body