बलिउड अभिनेत्री प्रियंकाले ओस्कारमा अवार्ड दिने

काठमाडौं, माघ १९ – बलिउड अभिनेत्री प्रियंका चोपडा निकै सफल मानिन्छिन् । अभिनयमा मात्रै नभई उनले अफूलाई गायन क्षेत्रमा पनि स्थापित गरेकी छिन् । 
उनको चर्चा अहिले हलिउडमा प्रवेश गरेसँगै अझ बढेको छ । गएको वर्ष क्वान्टिको टिभी सिरिजबाट हलिउडमा सबैभन्दा ठूलो प्रभाव पार्न सफल भएकी प्रियंका चोपडाले फेरि अर्को सफलता हात परेकी छन् । 
२८ फेब्रुअरीमा हुने ८८ औं संस्करणको ओस्कार अवार्डमा प्रियंका पनि अवार्ड प्रदान गर्ने सूचीमा परेकी छन् । उनले अवार्ड कार्यक्रममा दिइने अवार्ड मध्ये कुनै एक अवार्ड प्रदान गर्ने छिन् ।
ओस्कार अवार्ड समारोह नजिकिँदै गर्दा ओस्कारले निकालेको पुरस्कार र प्रस्तुति दिने सूचिमा प्रियंका पनि अटाएकी हुन् । योसँगै हलिउडमा प्रियंका लोकप्रिय स्टार बनिसकेको प्रमाणित भएको छ । केहि दिनअघि भएको साग अवार्डमा पनि प्रियंकाले अवार्ड प्रदान गरेकी थिइन् । 
साग अवार्डमा उनले पिपुल्स च्वाइस अवार्ड पाएकी थिइन् । चलचित्र बर्फि, मेरी कोम, कामिनीबाट निकै चर्चा बटुलेकी प्रियंका पछिल्लो पटक चलचित्र बाजिराव मस्तानीबाट झन् लोकप्रिय बनेकी छिन्  ।

body