ताजा खबर

video

सैफ छोरी साराआफ्नै बलले बलिउडमा स्थापित होउन् भन्ने सोच राख्छन् ।

नायक सैफअली खानकी छोरी साराअली खानको बिषयमा बलिउड मिडिया लामो समयदेखि तरंगित हुँदै आएका छन् । साराले बलिउडमा डेब्यू गर्न लागेको चर्चा चलेको लामो समय भैसकेको छ । तर, सारालाई ठूलो पर्दामा हेर्न चाहने फ्यानको सपना कहिले पुरा हुने हो, पत्तो छैन । केहि समय अगाडि सारालाई निर्देशक करण जोहरले बलिउडमा लन्च गर्न लागेको खबर सार्वजनिक भैरहेका थिए । धर्म प्रोडक्शनले यस अगाडि चर्चित बलिउड स्टारका सन्तानलाई रंगिन दुनियाँमा भित्राइसकेको छ । तर, नायक सैफअली भने छोरी साराको करिअर आलिया भट्टको जस्तो नहोस् भन्ने चाहन्छन् । यसैले, पनि उनी साराको लन्च धर्म प्रोडक्शनबाट नहोस् भन्ने चाहन्छन् । बलिउडमा आज आलिया भट्टको निकै राम्रो चर्चा छ । आलियाले ठूला-ठूला ब्यानरमा पनि काम गरिरहेकी छिन् । तर, पनि आलियाको नाम करण जोहरसँगै जोडिएको छ । करणको आर्शिवादका कारण आलियालाई यो उचाई मिलेको हो भन्ने चर्चा बलिउड बजारमा चलेको पाइन्छ ।

Read More
video

मोर्चाद्वारा आन्दोलन घोषणा

काठमाडौँ | सरकारले चुनावको मिति घोषणा गरेलगतै मधेशी मोर्चाले आन्दोलानको कार्यक्रम घोषणा गरेको छ | कार्यक्रममा मधेश बन्ददेखि सरकारको भण्डाफोर गर्नेसम्मको कार्यक्रमहरु राखिएको छ | मोर्चाले फाल्गुन १० गते मधेशका हाटबजार तथा सहरहरुमा मसाल जुलुस निकाल्ने, फाल्गुन ११ गते मधेश बन्द गर्ने तथा फाल्गुन १२ गतेदेखि १५ गते सम्म मधेशका हाटबजार तथा सहरहरुमा भण्डाफोर अभियान चलाउने कार्यक्रम तय गरेको छ | आज साझ सरकारले चुनावको मिति घोषणा गरेलगतै राखिएको मोर्चाको बैठकबाट आन्दोलनको उक्त कार्यक्रमहरु तय गरिएको हो |

Read More

वैशाख ३१ मा स्थानीय तहको निर्वाचन

काठमाडौँ, ९ फागुन । सरकारले आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । यसअघि प्रधानमन्त्रीसँगको परामर्शमा निर्वाचन आयोगका पदाधिकारीले आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्न सरकारसँग प्रस्ताव गरेका थिए ।

Read More
video

तीन बर्षदेखि श्रीमतिले श्रीमालाई हथकडी लगाएर राख्न बाध्य

तीन बर्षदेखि श्रीमतिले श्रीमालाई हथकडी लगाएर राख्न बाध्य

Read More
body